भारतीय स्पिनर युजवेन्द्र चहल १८ करोड भारुमा पञ्जाब किंग्समा अनुबन्ध भएका छन् । आज भएको आइपिएल अक्सनमार्फत पञ्जाबले उनलाई महँगो मूल्यमा अनुबन्ध गरेको हो ।
चहलले गत सिजन राजस्थान रोयल्सबाट खेलेका थिए । यस्तै, पञ्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा अनुबन्ध गर्यो । गत सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका अय्यरले २ करोड भारु न्यूनतम् मूल्य राखेका थिए ।
अर्का भारतीय क्रिकेटर ऋषभ पन्तले आइपिएलमा ऐतिहासिक मूल्य पाए । उनी लखनउ सुपर जायन्ट्समा २७ करोड भारुमा बिक्री भए । योसँगै उनले केही मिनेटमै श्रेयस अय्यरको रेकर्ड तोडे ।
त्यस्तै, इंग्ल्याण्डका क्रिकेटर जोस बटलरले आसन्न सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । आइतबार जारी अक्सनमा उनलाई गुजरातले १५ करोड ७५ लाख भारुमा किन्यो ।
बटलरले यसअघि लामो समय राजस्थान रोयल्सबाट आइपिएल खेलेका थिए । तर, यसपालि भने राजस्थानले उनलाई रिलिज गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।