logo-img

आइपिएल अक्सन : मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्ध

अस्ट्रेलियन स्टार तीव्र गतिका बलर मिचेल स्टार्कले आउँदो सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । आइतबार भएको अक्सनमार्फत उनी ११ करोड ७५ लाख भारुमा दिल्लीमा जोडिए । 

स्टार्क गत संस्करणको आइपिएल अक्सनमा सर्वाधिक २४ करोड ७५ लाख पारिश्रमिकका साथ कोलकातामा जोडिएका थिए । तर, यसपटक भने उनले उक्त रकमको आधा पनि पाउने छैनन् ।  

यस्तै, भारतीय क्रिकेटर केएल राहुलले पनि आसन्न सिजनको आइपिएल दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । अक्सनमार्फत उनी १४ करोड भारुमा दिल्लीमा जोडिए । 

गत सिजनमा राहुलले लखनउ सुपर जायन्ट्सबाट आइपिएलबाट खेलेका थिए । यस्तै, भारतीय स्पिनर युजवेन्द्र चहल १८ करोड भारुमा पञ्जाब किंग्समा अनुबन्ध भए । आज चहलले गत सिजन राजस्थान रोयल्सबाट खेलेका थिए । 



यस्तै, पञ्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा अनुबन्ध गर्‍यो । गत सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका उनले २ करोड भारु न्यूनतम् मूल्य राखेका थिए ।  

अर्का भारतीय क्रिकेटर ऋषभ पन्तले आइपिएलमा ऐतिहासिक मूल्य पाए । उनी लखनउ सुपर जायन्ट्समा २७ करोड भारुमा बिक्री भए । 



योसँगै उनले केही मिनेटमै श्रेयस अय्यरको रेकर्ड तोडे । त्यस्तै, इंग्ल्याण्डका क्रिकेटर जोस बटलरले  गुजरात टाइटन्सबाट आइपिएल खेल्ने भएका छन् । अक्सनमार्फत उनलाई गुजरातले १५ करोड ७५ लाख भारुमा किन्यो । 

बटलरले यसअघि लामो समय राजस्थान रोयल्सबाट आइपिएल खेलेका थिए । तर, यसपालि भने राजस्थानले उनलाई रिलिज गरेको थियो । यसपटकको आइपिएल अक्सनमा नेपालबाट भने कुनै पनि खेलाडीले नाम दर्ता गराएका छैनन् ।     



  • प्रकाशित मिति : मंसिर ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया