नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलाैज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै एमालेले चौधरीलाई निलम्बन गरेको हो ।
‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो,’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने ।
बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पूर्वमन्त्रीसमेत हुन् । उनी लिला गिरी मुख्यमन्त्री हुँदा मन्त्री थिए ।
उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए । सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।