काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
अब उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्ने छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै रिजालले १६ मंसिरमा हुने उपनिर्वाचनमा माओवादीका उम्मेदवार महर्जनलाई समर्थन गर्न आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।
‘मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मैले उम्मेदवारी दिएकामा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्क्रिय गरेको छु,’ रिजालले विज्ञप्तिमा भनेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार रीता खड्कालाई मतदान गर्न पनि रिजालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।