logo-img

दुर्गा प्रसाईंको हिरासत बसाइ लम्बिने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
फाइल तस्बिर

साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो । 

निराजनले गैरकानुनीरूपमा दुर्गा प्रसाईंलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखेर रिट दर्ता गरेका थिए । बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।   

योसँगै प्रसाईं तत्काल हिरासतमुक्त नहुने भएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि प्रसाईंलाई सिआईबीले ४ मंसिरमा साइबर अपराधको आरोपमा पक्राउ गरेको थियो ।   





  • प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया