पूर्वीअफ्रिकी राष्ट्र बुरुन्डीको भीडभाड युक्त जेल खाली गर्ने अभियान अन्तर्गत बुरुन्डी सरकारले करिब चार हजार कैदीलाई रिहा गरेको छ । राष्ट्रपति इभारिस्टे नदायिशिमिएले यसै महिनाको सुरुमा सामूहिक क्षमादानको घोषणा गर्दै सामान्य अपराधमा संलग्न कैदीहरूलाई मात्र यो लागू हुने र यसलाई लागत बचत गर्ने उपायको रूपमा न्यायोचित ठहराउने बताएका थिए ।
सरकारी तथ्यांक अनुसार क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा रहेका करिब पाँच हजार ५०० कैदीबन्दी रिहा हुन बाँकी छन् । यो संख्या जेलमा रहेका कूल कैदी संख्याको करिब ४० प्रतिशत हुने अधिकारीहरूले बताएका छन् । मंगलबार पोस्ट गरिएको एक वक्तव्यमा राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘सम्बन्धित पाँच हजार ४४२ कैँदीमध्ये करिब चार हजार जना आफ्नो परिवारमा फर्किसकेका छन् ।’
तर स्थानीय मानव अधिकार समूह इटेकाका प्रमुखले चार हजारदेखि ५,००० को बीचमा रहेका राजनीतिक कैदीहरूलाई समावेश नगरिएको तथ्यको आलोचना गरेका छन् । इटेकाका अध्यक्ष एन्शेयर निकोयागेजले भने, ‘राष्ट्रपतिको यो क्षमादानको उपाय केवल सामान्य कानून कैदीहरूसँग सम्बन्धित छ । यस निर्णयले हजारौं राजनीतिक कैदीहरूलाई नसमेटेकोमा हामीलाई खेद छ । उनीहरूले आधाभन्दा बढी जेल सजाय बिताइसकेका छन् तर कैदमाफीमा परेका छैनन्।’
कैदीहरूले एएफपीलाई बुरुन्डीका कारागारहरूको अवस्था ‘अमानवीय’ भएको बताएका छन् । नाम नबताउने सर्तमा एक कैदीले भने, ‘हामी धेरै दिनसम्म खाना नखाएरै कैदमा बस्नुपर्ने अवस्था छ । त्यहाँ औषधिको व्यवस्था छैन र अधिकांश कैदी भुइँमा सुत्छन् ।’ सन् २०२१ मा भएको यस्तै घोषणामा पाँच हजार २५५ जना कैदी बन्दीलाई रिहा गरिएको थियो भने कारागारमा भीडभाड कम गर्ने कार्यक्रम घोषणा गरिएको थियो ।
सन् २०२० मा सत्ता सम्हालेका नेताको पूर्व राष्ट्रपति पियरे नकुरुन्जिजाको अराजक र रक्तपातपूर्ण शासनमा वर्षौंदेखिको अलगाववादलाई क्रमशः अन्त्य गर्दै लगेकोमा प्रशंसा गरिएको छ । यद्यपि, पत्रकार, कार्यकर्ता र विपक्षी व्यक्तिहरू माथि दमनको जारी रिपोर्टहरूका कारण बुरुन्डीको मानव अधिकारको रेकर्ड अहिले पनि खराब छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।