आजदेखि यूएईमा सुरु भएको यू–१९ एसिया कप एकदिवसीय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो ।
उसका लागि शरुजन षणमुगनाथनले ९९ बलमा दुई चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, लकविन अबेसिङ्घेले ५०, कविजा गमागेले ३६, विमथ दिनसारा र दुल्निथ सिगेराले २४/२४ रन जोडे ।
नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, नरेन साउद र कप्तान हेमन्त धामीले एक/एक विकेट हात पारे । नेपालले दुई विकेट रन आउटको रूपमा प्राप्त गर्यो ।
८ देश सहभागी जारी एसिया कपमा समूह ‘बी’ मा छ । नेपालले समूह चरणमा श्रीलंकाका साथै अफगानिस्तान र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र जापान रहेका छन् । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्ने छ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।