logo-img

यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध नेपाल ५५ रनले पराजित

यूएईमा आजदेखि सुरु भएको यू–१९ एसिया कप एकदिवसीय प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित भएको छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो ।

नेपालका लागि मयन यादवले अर्धशतकीय पारी खेले । उनले ९१ बलमा तीन चौका र दुई छक्कासहित ६२ रनको पारी खेलेका हुन् । यस्तै, आकाश त्रिपाठीले १९, उत्तम थापा मगरले १७, नरेन साउदले १६, नरेन भट्ट र अर्जुन कुमालले १२/१२ तथा सन्तोष यादवले १० रन जोडे । 

श्रीलंकाका लागि प्रवीण मनिषाले ९ ओभरमा ३० रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो ।



उसका लागि शरुजन षणमुगनाथनले ९९ बलमा दुई चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, लकविन अबेसिङ्घेले ५०, कविजा गमागेले ३६, विमथ दिनसारा र दुल्निथ सिगेराले २४/४ रन जोडे ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, नरेन साउद र कप्तान हेमन्त धामीले एक/एक विकेट हात पारे । नेपालले दुई विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो ।



८ देश सहभागी जारी एसिया कपमा समूह ‘बी’ मा छ । नेपालले समूह चरणमा श्रीलंकाका साथै अफगानिस्तान र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र जापान रहेका छन् । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्ने छ । 



यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।   

  • प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया