नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।
बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि लगानीका साधन (डेपोजिट कलेक्शन) कार्यक्रमको व्यवस्था गरिएको छ ।
यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ । बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरूः
संकलनको नामः लगानीका साधन (डेपोजिट कलेक्शन)
अनलाइन बिडिङ प्रणालीः मंसिर १६ गते दिउँसो २ बजेबाट
निक्षेप अवधिः ७ दिन
सहभागिताको नियमः ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।