logo-img

गोरखा-५ मा माओवादीका रानामगर विजयी, एमाले तेस्रोमा खुम्चियो

गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगर ४ सय ८६ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय दुई मत प्राप्त गरेका मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरिन् ।

कुल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानाभाट जानकारीले दिए । 

उपनिर्वाचनमा विभिन्न ९ राजनीतिक दलका ९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।



वि.सं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । 





  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया