चितवन राइनोजले आफ्ना समर्थक र खेलाडीको खुसी र आत्मविश्वासको लागि स्प्रिट सङ (आत्माबल गीत) सार्वजनिक गरेको छ ।
आफ्नो माटो, खेल र खेलाडीको भावना समेटिएको ‘स्प्रिट सङ’ चितवन राइनोजको पहिलो खेलअघि सार्वजनिक गरिएको गीतका परिकल्पनाकार प्रकाश लामिछानेले जानकारी दिए ।
युवा उद्यमी लामिछानेको अवधारणामा तयार सो गीतमा स्वर तथा संगीत मोहित मुनाल रहेको छ । सो गीत चितवनस्थित रामपुर पिनाकलले उत्पादन गरेको हो ।
चितवन सामर्थ्यमा मात्र होइन सम्भावनामा पनि अगाडि रहेको शहर हो भन्ने कुरा देशभरी नै एक प्रदेशले एक क्रिकेट क्लबको मात्र प्रतिनिधित्व प्राप्त गरिरहेको परिप्रेक्ष्यमा चितवनले मात्र थप प्रतिनिधित्व प्राप्त गरेको विषयले पुष्टि गर्छ ।
‘हामीले पनि सोहीअनुरूप हाम्रो खेललाई रणनीतिक बनाउने तयारीमा लागिरहेका छौँ,’ चितवन राइनोजका प्रोडक्सन एण्ड मार्केटिङ हेड डा. आयुष खड्काले भने, ‘हाम्रो सो स्प्रिट सङले पनि सोहीअनुरूप हाम्रो खेल र माटोको सामर्थ्यको व्याख्या गरेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।