logo-img

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य, सोमपाल र अर्जुनको उत्कृष्ट फिनिसिङ

काठमाडौंमा जारी पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । उसका लागि गुलशनकुमार झाले २७ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ३६ रन बनाए ।

यस्तै, युवा ब्याटर अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३३ रनको पारी खेले । उनी रनआउट भए । कप्तान सोमपाल कामीले आक्रामक पारी खेले ।

१३ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित अविजित २९ रन जोडे । 



यस्तै, शिखर धवनले १४ र बाबर हयातले १२ रन जोडे ।  जनकपुरका लागि मोहम्मद मोहसिनले दुई, ललितनारायण राजवंशी, हर्ष ठाकर, जिमी नीशम र किशोर महतोले एक/एक विकेट लिए । 

जारी सिजनमा जनकपुर दोस्रो म्याच खेल्न लागेको हो । उसले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । कर्णालीको भने यो पहिलो म्याच हो । 





  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया