logo-img

बढ्दै साइबर अपराध, फेसबुकबाट सबैभन्दा धेरै घटना

प्रहरी नायव महानिरीक्षक नबिन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घटनाहरू बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन  तथा विश्लेषण  देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् ।

उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुकबाट सबैभन्दा बढी अपराधजन्य घटनाहरू भइरहेको बताए । साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरु फरक-फरक हुने र धेरैजसो फेक अकाउन्ट बन्द गर्ने केस लिएर आउने गरेको उनले बताए ।

सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरु, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए ।







  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया