logo-img

चीन भ्रमणमा रहेका झलनाथ खनालले बिआरआईबारे के गर्दै छन् छलफल ?

साता व्यापी चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको हो । छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका बरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए ।

उक्त छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (बिआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरे ।

करिब तीन घण्टा चलेको सामूहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुएश्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया किन सुरु भयो र यो ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा विस्तृत प्रकाश पारे ।



उनले खुलापनको नीतिले चीनको आन्तरिक विकासको साथसाथै चीनको सम्पर्क, सम्बन्ध, सहयोग र विकासका प्रक्रियालाई कसरी विश्वव्यापी रुपमा विस्तार गर्न मद्दत परेको र चीनको यो खुलापनको नीतिले विश्वलाई चीनको बारेमा जान्न र चीनलाई विश्वको कुरालाई जान्न अभुतपुर्व मद्दत पुगेको बताए ।  





  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया