logo-img

यू-१९ एसिया कप : नेपालविरुद्ध १२३ रनमै समेटियो अफगानिस्तान

यूएईमा जारी यू–१९ एसिया कप एकदिवसीय प्रतियोगितामा नेपालविरुद्ध अफगानिस्तान १ सय २३ रनमै अलआउट भएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ३५.४ ओभरमा १ सय २३ रनमा अलआउट भएको हो । 

उसका लागि फैजल सिन्ओजादाले ६७ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए । यस्तै, खातिर स्टानिकजाईले १५, बरकत इब्राहिमजाईले १२ र एएम गजानफरले ११ तथा नसीर खान मारुफखिलले १० रन जोडे । 

नेपालका लागि सन्तोष यादव र उनिशविक्रम सिंहले तीन/तीन तथा कप्तान हेमन्त धामी र अभिषेक तिवारीले दुई/दुई विकेट लिए । नेपाल र अफगानिस्तान सेमिफाइनल दौडबाट बाहिरिसकेका छन् ।  

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन तथा दोस्रो खेलमा बंगलादेशविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । 







  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया