logo-img

प्रधानमन्त्री ओलीको चीन भ्रमण : दुई देशबीच यी ९ बुँदामा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा मंगलबार दुई देशबीच ९ वटा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेको जानकारी दिए । 

यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको  प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

‘सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता ढकालले भने । 



विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ ।

त्यस्तै, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर उनको भनाइ छ । 



नेपाल-चीनबीच भएका सहमति र समझदारीका ९ बुँदा :

-टोखा छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान 



-नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

-नौ तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

-थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल

-विकास योजनासम्बन्धी समझदारी पत्र

-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

-नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

-स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र 

-नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र ।

  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया