पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
उसका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा तीन चौका र तीन छक्कासहित ५१ रनको पारी खेलेका हुन् ।
यस्तै, कप्तान कुशल मल्लले २३ बलमा चार छक्का र एक चौकासहित ३८ रन जोडे । ल्युक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए । यस्तै, अमर सिंह रौटेला १३ र शरद भेषावकरले ११ रनमा अविजित रहे ।
पोखराका लागि विपिन खत्री, बास डी लिडे र रेमन रेफरले दुई/दुई तथा सागर ढकालले एक विकेट लिए । जारी सिजनमा चितवन दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।
पोखरा भने पहिलो म्याच खेलिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।