logo-img

लगातारको हारपछि सन्दीप भन्छन्- ‘हिम्मत हारेका छैनौँ, आगामी खेलमा कमब्याक गर्छौँ’

नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनको फराकिलो हार बेहोर्‍यो । जारी सिजनमा विराटनगरको यो लगातार दोस्रो हार हो ।

ऊ पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ५५ रनले पराजित भएको थियो । लगातारको हारले जनकपुर अहिले दबाबमा छ ।   

दोस्रो खेल सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले दुई हारको गल्ती सुधार गर्दै आगामी दिनमा उत्कृष्ट पुनरागमन गर्ने बताए ।  

‘हिम्मत हारेका छैनाैँ । आउने खेलहरूमा अहिले भएका गल्तीहरूलाई सुधार गर्ने कोसिस गर्छौँ । मैले आफैंले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नुहुन्छ भन्ने आशा छ,’ लामिछानेले भने ।



सुदूरपश्चिमविरुद्ध टस जिते पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन भने गर्न सकेन । यता सुदूरपश्चिमले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ । टस हारेर पनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ । 

यस्तै, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेल पनि राम्रो गर्ने भन्दै खुसी व्यक्त गरेका छन् । 



‘हामीले १५० रनभन्दा माथि गर्‍यौं भने जित्न सक्छौँ भन्ने सोच बनाएर आएका थियौँ । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौँ र जित्यौँ । हामीलाई यसैगरी साथ दिने हो भने अगामी दिनहरूमा अझै राम्रो खेल्ने आशा राखेको छु,’ ऐरीले खेल सकिएपछि भने । 



  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया