राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा हालै नियुक्त गरेको सह-परीक्षा नियन्त्रकको नियुक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा. उदय किशोर तिवारीले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित हुने गरी विभिन्न ठाउँमा सह-परीक्षा नियन्त्रकको नियुक्ति गरिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कथित रूपमा विश्वविद्यालयको समुचित विकाश तथा प्राज्ञिक उन्यनको लागि सम्पूर्ण नियुक्ति प्रक्रियालाई पारदर्शी विश्वविद्यालय तथा विवाद रहित बनाउने उद्देश्यले ल्याएको विश्वविद्यालय पदाधिकारी नियुक्ति कार्यविधिको मर्म र भावनाको समेत बेवास्ता गरी बदनियत पूर्ण तरिकाले आफ्नो अनुकूल व्यक्तिहरूको छनौट समिति बनाइएको तथा पदाधिकारीहरूबीच आपसी दलिए रूपमा भागवण्डा गरी सबै नियुक्तिहरू गरिएको कुरो संघको ठहर छ।’
समावेशी समानुपातिकको नीति अनुरूप सबै वर्ग, लिङ्ग, जाति तथा समुदायहरूको सम्मान जनक सहभागिता हुने गरी नियुक्ति प्रक्रिया अगाडि बढाउनसमेत संघले माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0