पछिल्लो समय अभिनेता पल शाहको विवाहको खबरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । तर, स्वयंम पलले त्यो खबरमा कुनै सत्यता नभएको बताएका छन् ।
उनले त्यो खबरले आफैँ चकित परेको र त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।
आफ्नो विवाहको खबर फैलिएपछि पलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।