logo-img

देउवा भन्छन्- उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन सकिन्छ
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।

२२ मंसिरमा विराटनगरमा हुने नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्न शुक्रबार विराटनगर आइपुगेका सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले संविधान संशोधन दलीय सहमतिमा गरिने बताउँदै संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकोले सहमतिबिना असम्भव रहेको उल्लेख गरे । 

नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले भेलाबारे जानकारी नभएको जवाफ दिए ।   





  • प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया