logo-img

भ्रष्टाचारविरुद्ध के छ सरकारको राष्ट्रिय रणनीति ?

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्य योजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताए । उनले दोस्रो राष्ट्रिय रणनीति तथा कार्य योजना निर्माणको चरणमा रहेको बताए । 

उनले भने, ‘भ्रष्टाचारलाई सरकारी सार्वजनिक, नीति क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निवारण गर्ने लगायतका विषयलाई सम्बोधन गर्ने र भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्य योजना २०६९ को कार्यान्वयनको समीक्षा गरी राज्यको विद्यमान संरचना अनुरूप भ्रष्टाचार रोकथामका लागि तीन तहका सरकारको भूमिकालाई समेत स्पष्ट गर्न सरकारले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।’

यस्तै, उनले भ्रष्टाचार विरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरूले आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने बताए । 



उनले भने, ‘भ्रष्टाचार निवारणका लागि विभिन्न कार्यहरू गर्न, भ्रष्टाचारविरुद्ध लड्न, जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यक्रमको सन्दर्भमा भ्रष्टाचार विरुद्धको दिवस महत्त्वपूर्ण छ । भ्रष्टाचार विरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरूले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने छ ।’

यसका साथै, भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम गर्ने भन्दै यस प्रकारका समस्या समाधान गर्नको लागि साझा प्रयासका रूपमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले भ्रष्टाचार विरुद्धको महासन्धि पारित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाई छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया