logo-img

आइटीमा भविष्य देख्नेका लागि सारथि बन्दै डिजी स्कुल [भिडियोसहित]

अबको भविष्य- सूचना प्रविधि (आईटी) को होभन्दा फरक नपर्ला । त्यो दाबी प्रमाणित गर्न बर्सेनि आधार बढ्दै गएका छन् ।

सन् २०२२ मा मात्र नेपालबाट ५१ करोड ५४ लाख अमेरिकी डलर अर्थात् ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात गरेको अध्ययनले देखाएको छ ।

नेपालको आर्थिक विकासमा आईटी क्षेत्रको सम्भावना यसबाट पनि पुष्टि हुन्छ । इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा आईटी क्षेत्रमा अवसर बढ्दै गएको छ ।  

सूचना प्रविधिमार्फत गरिने काम छिटो, सजिलो, विश्वासिलो र कम खर्चिलो हुन्छ । सूचना प्रविधिको विकास कै कारण विश्व नै एउटा गाउँमा  परिणत भएको छ ।



विश्व अर्थतन्त्रलाई चलायमान बनाउन सूचना प्रविधिले योगदान पुर्‍याइरहेको छ । आईटी क्षेत्र विश्व अर्थतन्त्रको मुख्य स्रोत बनेको छ । अमेरिका, चीन, दक्षिण कोरिया, जापान, भियतनाम, भारत जस्ता देशका अर्थतन्त्रको मुख्य आधार नै प्रविधि हो ।  

अबको उद्यमशीलताको स्वरूप एप्लिकेसन, सिस्टम सफ्टवेयरका अतिरिक्त प्रोग्रामिङ सफ्टवेयर, मिडिल वेयर सफ्टवेयरको उत्पादन र बिक्रीवितरणको रूपमा विकसित हुँदै आएको बताउँछन्, डिजी स्कुल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजु बानियाँ ।



उनका अनुसार आईटी क्षेत्रमा भविष्य देख्न थालेपछि नेपालमा यो विषय अध्ययन गर्नेको संख्या बढेको छ । विदेश जानेहरू पनि यो विषय पढ्ने धेरै छन् । सूचना प्रविधिका विद्यार्थीबाट देशमा आर्थिक विकास टेवा आशा पलाएको छ । 

आजको युगमा विद्यार्थीलाई कक्षा एकदेखि नै आईटी विषय पठाउनुपर्ने उनी बताउँछन् । सन् २०२० मा डिजी स्कुल बेलायत सरकारमातहत दर्ता भएर विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण तयार पारेको हो । एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स ‘डिजी प्रोग्राम’ लाई ‘डिजी स्कुल’ नाम दिएर नेपालमा भित्र्याएको हो । यसलाई सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड इ–कमर्सले नेपालमा भित्र्याएको हो । 



डिजी स्कुलले कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि पाठ्यक्रम तयार पारेको छ । हाल नेपालमा करिब एक सयवटा स्कुलले यस पाठ्यक्रमको अध्यापन गराइरहेका छन् । उक्त पाठ्यक्रममा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायतको ज्ञानसँगै सीप सिक्न पाइन्छ । 

२१औँ शताब्दीका लागि आवश्यक दक्ष आइटी जनशक्ति तयार पार्ने अभियानसहित सञ्चालित यस्तो कोर्सबाट कलिलै उमेरमा विद्यार्थीले सीपमूलक शिक्षा पाइरहेको डिजी स्कुल नेपालका सिईओ बानियाँ बताउँछन् ।

अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम भएकाले पनि विद्यार्थीमाझ यो प्रभावकारी देखिएको छ । यो कोर्स लागू गर्ने स्कुलका शिक्षकलाई कक्षा कोठामा कसरी विद्यार्थीलाई अध्यापन गराउने भनेर डिजी स्कुलले नै तालिम दिने गरेको छ । 

नेपालको आईटी क्षेत्रलाई माथि उकास्नुका साथै अर्थतन्त्रमा टेवा पुर्याउनसमेत यो पाठ्यक्रमले सहयोग गर्ने बानियाँको दाबी छ । प्रस्तुत छ, आईटी क्षेत्र क्षेत्रका सम्भावनाका विषयमा डिजी स्कुल नेपालका सिईओ बानियाँसँग गरिएको भिडियो संवाद : 

  • प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया