logo-img

रारामा बढ्दै पर्यटकको चहलपहल, उत्साहित छन् घोडा व्यवसायी

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा अर्थात् महेन्द्र  ताल सम्मको हवाई र सडकको दिन प्रति दिन सुधार हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । 

बर्खा समय सकिए पछि खुल्ला  मौसम खुले सँगै रारा तालका सप्तरङ्गी राराको दृश्य हेर्ने ,घुम्ने,अध्ययन अनुसन्धान गर्न सजिलो  सिजन सुरु भएको हो । रारामा रहेका घोडा व्यवसाय सञ्चालन गदै आएका स्थानीयहरूले राम्रो आम्दानीको स्रोत पाएका छन् ।

विगतका बर्सहरू भन्दा पछिल्ला वर्षहरूमा कर्णाली राजमार्गको सडक निर्माण कार्यमा दैनिक सुधार हुँदै जान थाले पछि कर्णाली प्रदेश लगायत देशका मुख्य सहर पोखरा, काठमाडौं, नेपालगञ्ज, विराटनगर, चितवन,लगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरू बढेको बढी रहेका भए पनि दसैँ तिहार सकिए पछि रारामा दैनिक ,४०,५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् । 



रारा पुग्ने पर्यटकहरूको सहज र घोडा चढाएर रारा तालको विभिन्न स्थान सम्म पुर्‍याउनको लागी पछिल्लो समयमा घोडा व्यवसाय संघ गठन गरिएका छन् । पालै पाले गरेर पर्यटकहरूलाई रारा घुमाउने गरेका छौँ ।  दैनिक २,३ हजार आम्दानी हुने गरेको छ । विदेश, भारतका विभिन्न गल्लीहरूमा काम गर्नु भन्दा पनि आफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्च चलाउर्ने गरेको घोडा व्यवसाय जीवन रावलले बताएका छन् ।



रारा घुम्न आएका पर्यटकहरूलाई सल्यरीबाट रारा, ताल, हुटु, मुर्माटप, महादेव मन्दिर लगायतका विभिन्न स्थान सम्म घुमाउने गरेका छौँ । घोडा व्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर जाने गरेका छौँ । आज अलि चिसो समय सुरु हुन थाले पछि रारा घुम्न आउने पर्यटकहरूको सङ्ख्या घट्दै जान थालेको छ ।

तर हिजो आज मौसम निकै सफा भएको हुनाले रारा तालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्न आएका पर्यटकहरू निकै तालको किनारमा फोटो खिच्ने टिकटक बनाउनमा बढी व्यस्त हुने ,घोडा चढेर फोटो लिने गर्दा दैनिक १ हजार देखी २ हजार सम्म आम्दानी हुने गरेको घोडा चालक रवीन्द्र कार्मीले बताएका छन् ।



घोडा व्यवसायहरूको दैनिक आम्दानी बढाउने र पर्यटकहरूमा कसरी ब्यवहार गर्ने भन्ने हिसाबले कार्यालयले घोडा व्यवसायहरूको थप सहज र स्थानीय घोडा चालकको आम्दानीको राम्रो स्रोत बनाउनको लागी नीति ऐन कानुन निर्माण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार गर्न लागेको कार्यालय प्रमुख महोश न्यौपानेले बताए । 

  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया