दक्षिण भारतीय फिल्मका स्टार अल्लु अर्जुन पक्राउ परेका छन् । ४ डिसेम्बरमा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो । यस्तै, उनका छोरा गम्भीर घाइते छन् ।
प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचनासमेत नदिइएको बताइएको छ ।
इण्डियन एक्सप्रेसका अनुसार अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको हो ।
‘बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही गरिने जनाएको छ,’ हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।