logo-img

विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य, बसिर-राजेशको उत्कृष्ट फिनिसिङ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो छैटौँ खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युवा अलराउन्डर बसिर अहमदले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेका उनले चार छक्का र चार चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् । 



यस्तै, मार्टिन गप्टिलले ३५ बलमा चार छक्का र एक चौकासहित ४५ रन जोडे । त्यस्तै, राजेश पुलामी मगरले २० बलमा तीन छक्का र एक चौकाको मद्दतमा अविजित ३३ रनको आक्रामक पारी खेले । 

यस खेलमा बसिर र राजेशले उत्कृष्ट फिनिसिङ गरे । उनीहरूबीच अन्तिम ६ ओभरमा ८१ रनको साझेदारी साझेदारी बन्यो । चितवनका लागि रिजन ढकालले दुई, सोहेल तनवीर, बसिल हमीद र कुशल मल्लले एक/एक विकेट लिए ।



प्लेअफ सम्भावना जीवित राख्न विराटनगर आजको खेलमा जित्नैपर्ने दबाबमा छ । उसले ५ म्याच खेल्दा चारमा हार तथा एक खेलमा मात्र जित निकालेको छ । विराटनगर अहिले दुई अंकसहित तालिकाको पुछारमा छ ।



चौथो स्थानमा रहेको चितवनले पाँच म्याच खेल्दासम्म तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ । प्लेअफ सम्भावना बलियो बनाउन चितवन पनि जित्नैपर्ने दबाबमा छ । 

  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया