logo-img

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल नभएको माओवादी केन्द्रको निष्कर्ष
फाइल तस्वीर

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निष्कर्ष निकालेको हो । 

यस्तै, माओवादी बैठकले पार्टी प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय पनि गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निष्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने स्थायी समितिले निर्णय गरेको हो ।   

त्यस्तै, बैठकले केन्द्रीय समिति बैठक २१ पुसमा बस्ने गरी मिति तय गरेको छ ।

यसअघि २ पुसदेखि सुरु हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक २१ पुसदेखि बस्नेगरी तय भएको प्रवक्ता सापकोटाले बताए ।



केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक १८, १९ र २० पुसमा बस्ने उनले बताए ।   





  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया