प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् ।
शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान उद्घाटन गर्दै उनले कतिपय रगंशाला र खेलमैदान चुस्तदुरुस्त गर्न नसके पनि पहिलेभन्दा धेरै रूपान्तरण गर्न सकेको बताए ।
‘नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढिसकेको छ । खेलकुदका क्षेत्रमा हामीले भने जति गर्न नसके पनि, खेलाडीलाई सुविधा पुर्याउन नसके पनि, कतिपय रगंशाला र खेलमैदान चुस्तदुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रूपान्तरण गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।