नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलाे खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ ।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ । यसैगरी एनपिएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सुदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ । एनपिल तालिकामा पोखरा र काठमाडौंको समान चार-चार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।