जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले १ सयभन्दा बढी कर्मचारी भएका कम्पनीलाई व्यवस्थापन पदमा महिलाको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ ।
राष्ट्रिय प्रसारक एनएचकेका अनुसार यस कदमको उद्देश्य व्यवस्थापकीय भूमिकामा महिलाहरूको सक्रिय नियुक्तिलाई बढावा दिन र सम्भावित रोजगारदाताको मूल्याङ्कन गर्दा जागिर खोज्नेहरूलाई सान्दर्भिक जानकारी प्रदान गर्नु हो ।
मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणअनुसार शाखा प्रमुख र माथिको तहमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता १२.७ प्रतिशत मात्रै रहेको थियो, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम हो ।
तलब असमानतासम्बन्धी पारदर्शिता सुनिश्चित गर्न मध्यम आकारका कम्पनीहरूलाई लैङ्गिक तलब अन्तर खुलाउन बाध्य पार्ने पनि मन्त्रालयको योजना छ ।
मन्त्रालयले वर्षको अन्त्यसम्ममा यी उपायहरूलाई अन्तिम रूप दिने र औपचारिकरूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।