logo-img

सकियो ग्ल्याम नेपाल इन्टरनेसनलको फेसन-सो

प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेसन-सो  सम्पन्न भएको छ । शनिबार साँझ काठमाडौंमा आयोजित समारोहबिच नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित कलाकारहरूको सहभागीतामा सो सम्पन्न भएको हो । 

विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन सोमा ८ जना डिजाइनले तयार पारेको पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए । प्रारम्भ प्रडक्सनका प्रमुख प्रकाश आचार्यले, नेपालमा फेसन साेको वृद्धि विकासका र कलाकारको प्रस्तुतिलाई अगाडि बढाउन फेसन सो आयोजना गरिएको बताए

उनले, नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन सोले आगामी दिनमा इन्डट्रिलाई अगाडि बढाउन मद्दत पुग्ने बताए । फेसन सोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरू प्रस्तुत भएका थिए । 

जसमा, अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, र्‍यापर साकार लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।







 

  • प्रकाशित मिति : मंसिर ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया