मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।
मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेको र चालिस लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।
यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो जाेखिमले लाखौं सोमालीहरूको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।