logo-img

प्रख्यात तबलावादक उस्ताद जाकिर हुसेनको निधन

विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसेनको निधन भएको छ । उनी इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

‘उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए,’ भारतीय मिडियाले उनका परिवारलाई उद्धृत गर्दै लेखेका छन् ।  

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

उनका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो । जाकिरका बुबा अल्लाह राखा पनि तबला वादक थिए । जाकिरले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कुलबाट गरेका थिए । 



मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरेका हुसेनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए । 

हुसेनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरेका थिए ।   





  • प्रकाशित मिति : पुस १, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया