नेपाल कम्युनिष्ट पार्टी (एमाले)डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा मलासी निर्वाचित भएकी हुन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गरिन् । मलासीले २ सय १५ मत तथा मल्लले १ सय ७१ मत प्राप्त गरे ।
त्यसैगरी, उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भए । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । यसअघि एमाले डोटीको जिल्ला अधिवेशन पटकपटक सर्दै आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।