अस्ट्रेलिया महादेशको भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकाको भूगर्भ सर्वेक्षणअनुसार भूकम्प राजधानी पोर्ट भिलादेखि ३७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा केन्द्र भएर मंगलबार बिहान गएको हो ।
पोर्टभिलामा रहेका पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन्, ‘धेरै मानिस भुईँमा लडिरहेका र उनीहरू गम्भीर घाइते अवस्थामा रहेको देखेको छु ।’
घाइतेलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तको भिड देखिन्छ । केही घाइतेको मृत्युसमेत भएका समाचार सार्वजनिक भइरहेका छन् ।
भूकम्पपछि तटीय क्षेत्रमा छाल देखिएको भन्दै, छिमेकी टापुहरूको लागि सुनामी चेतावनी जारी गरिएको छ ।
चेतावनीमा फिजी, केरमाडेक टापुहरू, किरिबाटी, न्यू क्यालेडोनिया, पपुवा न्यू गिनी, सोलोमन टापुहरू, टुभालु र वालिस र फुटुनालगायतका देशहरूलाई रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।