राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धित समस्याहरू समाधान गर्न कानुनलाई समसामयिक रूपले सुधार गर्नुपर्ने बताएका छन् ।
मंगलबार अर्थ समितिमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उनले जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या आएको भन्दै सबैलाई ऐनको प्रावधान र यसको फाइदा, प्रक्रियाको बारेमा जानकारी गराउनु पर्ने बताए ।
उनले भने, ‘नेपालमा सुरक्षित कारोबार ऐनका समस्याहरू समाधान गर्ने उपायहरू हामीले राख्न कानुनलाई समसामयिक रूपले सुधार गर्नुपर्छ । भन्ने हिसाबले नेपाल सरकारको तर्फबाट प्रस्तुत गरेका छौ । कतिपय जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या पर्ने र सही रूपले कार्यान्वयन नहुने हुन्छ । त्यस कारण सबैलाई ऐनको प्रावधान र यसको फाइदा र प्रक्रिया समेत जानकारी गराउनु पर्ने हुन्छ ।’
यस्तै, उनले सुरक्षित कारोबार ऐनलाई वर्तमान आर्थिक वातावरण र व्यावसायिक आवश्यकताहरू अनुसार पुनरावलोकन गर्नुपर्ने भन्दै नवीनतम आर्थिक मोडेल र प्रविधिको आधारमा ऐनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।