साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा झरेको हो ।
आज सेन्सेटिभ इण्डेक्स पनि ४.३५ अंक घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक घटेको हो ।
नेप्से परिसूचक झण्डै साढे २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो । यस अघि गत १६ असोजमा नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो ।
आज नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ५५ हजार ९८९ पटकको कारोबारमा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरको ९८ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।