logo-img

खाडी गएका महिला कामदारमाथि दुर्व्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीले घरेलु कामदार रूपमा खाडी गएका सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरूको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रूपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भए तापनि खाडीमा सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए । 

उनले भने, ‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ । जे कुरामा पनि सकारात्मक र नकारात्मक दुवै कुरा हुन्छन् । तर नकारात्मक कुरालाई मात्र किन अगाडि ल्याउने ? १०–२५ वर्ष नै घरेलु कामदारका रूपमा रहेकाहरूको अवस्था राम्रो पनि छ नि । धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु । नेपालमा चाहिँ सबै दिदी बहिनीहरूको अवस्था राम्रो छ त ? काठमाडौंमा पनि केही ठाउँको केही घट्नालाई हेरे खाडीमा सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ? फर्केर आएका महिलालाई पनि यसले बदमासी गर्‍यो होला भन्ने खालको भाष्य अनि कसरी समाज बन्छ ।’ 

उनले वैदेशिक रोजगारमा जाने नेपालीहरूले सीप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए ।  







  • प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया