मलेसियामा जारी महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ८ विकेट गुमाएर ५४ रन बनायो ।
नेपालका लागि सावित्रा १२ बलमा सर्वाधिक ११ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो ।
भारतसँग भने नेपालले वर्षाका कारण अंक बाँड्यो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग समेत वर्षाका कारण अंक बाँडेको थियो ।
नेपाल र बंगलादेशका लागि आजको खेल निकै महत्वपूर्ण छ । यदि नेपालले बंगलादेशलाई हराउन सके फाइनलको यात्रा गर्नेछ । फाइनल खेल आइतबार हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।