कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा व्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताएका हुन् ।
३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वाभाविक सभापतिको दाबेदार रहेको बताए ।
उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहामा निस्किए पनि महाधिवेशनको तयारी स्वाभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबीच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।
वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए । सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उनले गरे। वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।