logo-img

शेखर कोइरालाको दाबी : कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउँछु

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् । सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले सम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन् ।

सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिन्छु । म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु ।  विगतमा तपाईंहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईंहरूको पीडा म बुझ्छु । अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ ।’ 

कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताए । उनले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए । 

उनले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको दाबी गरे । ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर, सरकारको कार्यशैली भने सन्तोषजनक छैन । म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाको कार्यशैलीबाट सन्तुष्ट छैन,’ कोइरालाले भने । 







  • प्रकाशित मिति : १२ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया