संघीय संसद्अन्तरगत आज तीनवटा समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
यस्तै, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँग छलफलको कार्यसूची रहेको छ । विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तालाई बोलाइएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।