logo-img

भलिबल फ्रेन्चाइज लिगको लोगो र नारा सार्वजनिक

पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलेफ्रेन्चाइज लिगको लोगो र नारा सार्वजनिक गरेका हुन् ।

‘उचाइको नयाँ उडान’ नारा रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए । 

उनले भने,‘खेलकुदको माहौल हुँदा हुँदै पनि सरकार,मन्त्रालय,परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानुन नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथीहरू निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरूलाई कडा कारबाही हुन्छ ।’ 







  • प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया