हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । सोहीकारण हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । यस्तै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा भने सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । यस्तै, पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।