नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनासम्मको लागि जिम्मेवारीबाट हटाएको छ ।
आजको नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको मिति पनि तोकेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक पुस २१ र २१ गते बोलाएको हो । बैठकले केन्द्रीय कमिटीका चार वटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेण्डा तय गरेको छ ।
यसैगरी बैठकले सरकारको समीक्षा गरेको छ । समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए ।
अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ । त्यस्तै सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।