logo-img

विधेयकमा भएको त्रुटीलाई हुबहु पास गर्न सकिँदैन : ज्ञानेन्द्र शाही

सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाएका छन् । 

शाहीले बिहीबारको बैठकमा कानुन बनाउने क्रममा लुप पोइन्ट (कानुनी खोट) छाड्न नहुने भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका छन् ।  

‘सामान्य केलाई मान्ने, त्यसको त डेफिनेसन होला नि त । कानुन बनाउने भनेपछि लुप पोइन्ट छाडेर हुँदैन । यो कहीँ पनि हुँदैन,’ उनले भने, ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा सामान्य शब्दले कानुनलाई उल्झाउने खतरा रहेको छ । यसले तत्तविज अधिकार धेरै दिनेछ र कानुनमा खेल्ने अवसर सिर्जना गर्नेछ ।’

सांसद शाहीले विधेयकको सुधारका लागि थप समय दिनुपर्ने धारणा राख्दै भने, ‘विधेयकमा भएको सामान्य त्रुटीलाई हुबहु पास गर्दा विधेयक नै फेल हुन्छ । छलफल दुई–तीन दिन गरेर हुँदैन । दश दिन लागोस् । तर, राम्रो गरी छलफल हुनुपर्छ ।’ 



सांसद शाहीले सुरक्षित कारोबार विधेयकमा भएका कमजोरी हटाउन आग्रह गर्दै विधेयक पास गर्दा सतर्कता अपनाउन सुझाव दिए । 





  • प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया