राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ ।
दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएको सचिवालय बैठकमा समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायत विविध विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको इच्छाअनुसार यही ८ पुसमा बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।