logo-img

दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्दैछ ।  शुक्रबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक कानुन समितिको सभा कक्षमा दिनको १२ः१५ बजे बस्दै छ । 

यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कक्षमा बिहान ११ बजे बस्दैछ । 
 





  • प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया