logo-img

‘जावेद हबीब शैलुन’ अब नेपालमा

भारतको अग्रणी सूचीमा पर्ने ‘जावेद हबीब शैलून’ नेपालमा पनि सञ्चालनमा आएको छ । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन ‘जावेद हबीबः हियर एण्ड ब्युटी’ उद्घाटन स्वयं बारबेर जावेद हबीबले गरेका हुन् ।

उनका अनुसार शैलुनको दुनियाँमा नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘जावेद हबीब शैलुन फ्रेन्चाइज भए पनि यसको शाखाहरू विस्तार हुने क्रम छ र त्यही क्रमको शिलशिलामा नेपालमा पनि सुरु भएको हो ।’

‘शैलुनहरू नेपालमा नभएको होइन तर हामीले दिने सुविधा भने केही फरक खालको रहने छ। गुणस्तरीय काम दिनुको साथै सेवाग्राहीलाई खुसी पनि पार्नेछौंँ,’ उनले भने । नेपालमा पहिलोपटक आएका जावेदले नेपालको खाना र काठमाडौंको बसाइको बारेमा प्रशंसा गरे ।



‘नेपालीमाझ जावेद हबीब शैलुन खोल्न पाउनु नै मेरो सौभाग्य हो । नेपालीले साह्रै आत्मीयता देखाउनुभयो । यो खुसीलाई म बिर्सिने छैन,’ उनले भने, ‘हामी स्वतन्त्र र टिकाउ व्यावसायिक अवसरहरू सिर्जना गर्छौँ, जहाँ नयाँ युवाहरूलाई सिकाउँछौँ । जसका कारण उनीहरू संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सकून् ।’

यस शैलुनको नेपालका लागि सोनाम लामा सञ्चालक रहेकी छन् । उनले शैलुन सञ्चालनमा ल्याउन १ करोड ५० लाख रुपैयाँ खर्चमा भएको जानकारी पनि दिइन् ।



यो शैलुनमा ‘हेयर कट,’ ‘व्युटी,’ ‘ग्लोबर कलर,’ ‘हाइलाइट,’ ‘नङ पोलिस’ ‘फेसियल,’ ‘डिजाइनिङ,’ जस्ता सेवा उपलब्ध हुने उनको भनाइ छ । जावेद हबीब शैलुन भारतमा वेलनेस फैलाउने प्रमुखमा पर्छ । 

भारतमा जावेद हबीबका १ हजारभन्दा बढी शाखा सञ्चालनमा छन् । 



  • प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया