पुसमा मात्रै पश्चिम नेपालमा सातवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस लागेपछि बाजुरा, कालीकोट, बझाङ, मनाङ, दार्चुला र जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।
केन्द्रका अनुसार २ पुसमा बझाङको धमेना आसपास केन्द्रविन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धमेनामै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यस्तै, ४ पुसमा मनाङको नेस्याङ केन्द्रविन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । ६ पुसमा बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा ९ पुसमा ९ बजेर २५ मिनेटमा दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर चार म्याग्निच्यूडको र ११ पुसमा जाजरकोट नायकवाडा केन्द्रविन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।